×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्जिनियर्स एशोसिएसन भरतपुर शाखाले क्षेत्रीय केन्द्रको रुपमा मान्यता पायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्जिनियर्स एशोसिएसन भरतपुर शाखाले क्षेत्रीय केन्द्रको रुपमा मान्यता पायो

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ – जिल्ला केन्द्रको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएसन भरतपुर शाखाले क्षेत्रीय केन्द्रको रुपमा मान्यता पाएको छ । भरतपुरमा भएको क्षेत्रीय केन्द्र घोषणा कार्यक्रममा एशोसिएसनका केन्द्रीय अध्यक्ष एवम् उद्घाटन सत्रका प्रमुख अतिथि ईन्जिनियर हरेराम श्रेष्ठले भरतपुर शाखालाई प्रमाणपत्र दिँदै क्षेत्रीय केन्द्र भएको घोषणा गरेका हुन् । 
क्षेत्रीय केन्द्रको मान्यता पाएको शाखाले चितवन, नवलपरासी, मकवानपुर, तनहूँ, लमजुङ, गोरखा र धादिङ जिल्लालाई समेटिएको क्षेत्रीय केन्द्रका अध्यक्ष ईन्जिनियर हरि भण्डारीले बताए । ईन्जिनियर हरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न अभिप्रेरित गर्ने उद्देश्यले यस संगठनको स्थापना गरिएको उल्लेख गर्दै भण्डारीले क्षेत्र विस्तार भए सँगै आफूहरुको एकता अझै मजबुत भएको उल्लेख गरे ।
 भूकम्पपछि ईन्जिनियरहरुले देशका विभिन्न गाउँहरुमा गएर स्वयम्सेवकको भूमिका मा काम गर्दै आएको भण्डारीको भनाइ थियो । गाउँ गाउँमा पुगेका इन्जिनियरहरुले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न, भूकम्पबाट सचेत हुनको लागि जनचेतना अभिवृद्धि गर्ने काममा सघाइ रहेका भण्डारीले बताए ।
 भरतपुरमा भएको कार्यक्रमलाई दुई खण्डमा विभाजन गर्दै पहिलो खण्डमा भरतपुरलाई क्षेत्रीय केन्द्रको रुपमा घोषणा गरिएको थियो भने दोस्रो खण्डलाई सेमीनार खण्डको रुपमा विभाजन गरिएको थियो । सेमीनार खण्डमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०का उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले नेपालमा विज्ञान र प्रविधिको विकासमा इन्जिनियरहरुको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले विकास निर्माणको कामलाई गति दिनको लागि इन्जिनियरहरुको भूमिका उल्लेखनीय हुने धारणा राखेका थिए । त्यस्तै, उद्योग मन्त्रालय अन्तर्गतको विशिष्ट आर्थिक विकास क्षेत्र प्राधिकरणका निर्देशक ईन्जिनियर डाक्टर चन्डिका प्रसाद भट्टले ‘विशिष्ट आर्थिक क्षेत्रको लागि राष्ट्रिय औद्योगिक विकास ः ईन्जिनियरको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । औद्योगिक क्षेत्रको विकास भएमा नेपालको आर्थिक समृद्धि चाँडै हुने भट्टको भनाइ थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी