
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अधिकृत तहमा २० जना खुला कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। नेप्सेले प्रशासन सेवा तर्फ आठ तहको सहायक प्रबन्धक एक जना, दुई जना सात तहको बरिष्ठ अधिकृत र १४ जना छ तहको अधिकृत माग गरेको हो। यस्तै प्राविधक अधिकृत तीन जना माग गरेको छ।
प्रशासन अधिकृतमा आवेदन दिन धितोपत्र बजार, पूँजी बजार, व्यवस्थापन, वित्त, अर्थशास्त्र, बाणिज्य शास्त्र, इन्जिनियरिङ लगायत विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने जनाइएको छ। सात तह माथिको पदमा भने स्नातकोत्तर सहित सरकारी वा सरकारको ५० प्रतिशत बढि स्वामित्व भएको निकाय एवं नेप्सेमा सूचिकृत कम्पनीको अधिकृत स्तरमा कम्तिमा पाँच बर्ष काम गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
यी पदमा आवेदन दिन नेप्सेमा कम्तिमा तीन बर्ष कार्यरत स्थायी कर्मचारीको हकमा भने स्नातक उपाधिले पुग्ने जनाइएको छ।
नेप्सेले आन्तरिक प्रतिश्पर्धाबाट एक जना १० प्रबन्धक एक जना एवं उप प्रबन्धक (९ तह), सहायक प्रवन्धक र वरिष्ठ अधिकृत दुई/दुई जना नियक्त गर्ने भएको छ। त्यसका लागि आवेदन दिने भन्दा एक तह तल्लो पदमा कम्तिमा तीन बर्ष काम गरेको हुनुपर्ने जनाइएको छ।
त्यस बाहेक फायल बढुवा मार्फत प्रशासन तर्फ एक/एक जना नायब कार्यकारी अधिकृत (११ तह) र प्रबन्धकको नियक्ति गर्ने जनाइएको छ। प्रशासनतर्फनै उप प्रबन्धक र सहायक प्रबन्धक तीन/तीन, एवं एक जना प्राविधक उपप्रबन्धक बढुवा मार्फत पदपुर्ती गर्ने नेप्सले जनाएको छ। प्रशासनका सात जना वरिष्ठ अधिकृत, नौ जना अधिकृत र दुई जना प्राविधिक अधिकृत समेत फाइल बढुवा मार्फत पूर्ती हुनेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्