×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा गाभिने

LAXMI SUNRISE BANK
GLOBAL

सिद्धार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा गाभिने

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । त्रिवेणी विकास बैंकलाई खरिद गर्ने प्रक्रियाको अन्तिम चरणमा रहेको जनताले बुधबार सिद्धार्थलाई खरिद गर्ने सम्झौता गरेको हो । यी दुई बैंकबिच एक बराबर एकको स्वाप रेसियामा एक्विजिसनमा जाने सम्झौता भएको छ । जनता र त्रिवेणी बिचमा पनि एक बराबर एककै स्वाप रेसियो तय भएको थियो ।
जनता र त्रिबेणी दुबैले साधारणसभा गरेर आपसमा गाभिने अन्तिम प्रस्ताव पारित गरी राष्ट्र बैंकमा पेश गरिसकेका छन् । जनता बैंकको नाममा आगामी चैत्र १ गतेदेखि एकीकृत कारोबार थाल्ने तयारी भइरहेको छ । जनता र त्रिबेणीको एक्विजिसन सकिएपछि सिद्धार्थसँगको प्रक्रियालाई तीव्र पारिने बताइएको छ । 
यसअघि जनता बैंकले त्रिवेणीलाई गाभेर नपुगेको चुक्तापुँजी ६० प्रतिशत हकप्रद सेयर जारी गरेर पुर्याउने निर्णय गरेको थियो । अब सिद्धार्थलाई गाभ्ने सम्झौता भएपछि भने हकप्रदको निर्णयमाथि पुनर्विचार गरिने बताइएको छ । किनकि, सिद्धार्थलाई गाभेपछि हकप्रद विना नै जनताको चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुग्नेछ । हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद सेयर जारी गरेर बैंकले दुई अर्ब २७ करोड रुपैयाँ पुँजी पुर्याउँदैछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी