
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – संसदको बैठकमा संविधान संशोधन माथिको छलफल प्रारम्भ हुने भएको छ । आज तीन बजे बस्ने संसदको बैठकमा संविधान संशोधन माथि छलफल हुने भएको हो ।
सभामुख ओनसरी घर्तीका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सहमत भएको हो । गत मंसिर १४ गते संसदमा दर्ता भएर पुस २४ गते संसदमा टेबल भएको संविधान संशोधन प्रस्ताव अगाडि बढ्न सकेको छैन ।
सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहान छलफल गरेर संसद बैठकमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी थिइन् । संसदको प्रक्रिया अगाडि बढाउनेमा उहाँहरु सहमत हुनुभयो । फेल पास भन्दा पनि भोलीका दिनमा आपसी सहमतिमा अगाडि बढाउने तर आज तत्काल प्रक्रिया नरोक्न सहमत हुनुभयोु बैठकपछि घर्तीले भनिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले भने बैठकपछि कुनै प्रतिक्रिया दिएनन् ।सभामुख घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा बबिनले संसदको दुई बैठक बसेर भएपनि आजै छलफल प्रारम्भ हुन सक्ने बताए ।
संसदको बैठक मंगलरबार र बुधबार स्थगित भएको थियो । घर्तीका अनुसार संविधान संशोधनको कार्यसूची बैठकबाट अगाडि बढ्नेछ । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधनमा छलफल अगाडि बढाउन दिने तर पारित गर्न नदिने निर्णय गरेको थियो ।
हिजोको कार्यसूची अनुसार नै संसद चल्छ, संशोधन प्रक्रिया अगाडि बढाइनेछु, उनले भनिन् ।
राजनीतिक दलसम्बन्धि विधेयक अगाडि बढाउने
सभामुख घर्तीले संसदको राज्य व्यवस्था परामर्श समितिमा छलफलमा रहेको राजनीतिक दल सम्बन्धि विधेयक अगाडि बढाउन समेत दलहरुलाइ आग्रह गरेकी छिन् । घर्तीका अनुसार प्रधानमन्त्री प्रचण्डले पनि सरकारले तत्कालै विधेयक संसदमा लैजाने जवाफ दिएका छन् ।
थ्रेसहोल्डका विषयमा दलहरुबीच मतभेद कायम रहेकाले राजनीतिक दल सम्बन्धि विधेयक समितिबाट पारित हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्