-
पोलिटिकल ब्यूरो / अर्थ सरोकार डटकम
ज्यानमारा मुद्धामा सर्वोच्च अदालतबाट प्रमाणित अपराधी बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गर्न नसकिएको जफाव सर्वोच्चामा पठाएको थियो । उनी ओखलढुंगाका पूर्व संसदपनि हुन् । तर प्रहरीले पक्राउ गर्न नसकेको भनिएका यी पूर्व संसदभने निर्धक्क डुलिरहेका छन् । यतिमात्र होइन उनी सार्वजनिक कार्यक्रमका अतिथि हुनेदेखि धार्मिक कार्यक्रमहरुमा समेत सहभागी भइरहेका छन् ।
प्रसङ्ग गत फागुन ८ गते ओखलढुंगाको गाम्नांगटार गाविसको वडान नम्बर ५ स्थित खरबारीमा प्रेमप्रसाद भट्टराईको घरमा लगाइएको सप्ताहको । उक्त सप्ताह पूरानमा तिनै जेल भुक्तान गर्न बाँकी रहेका बालकृष्ण ढुंगेल पुगे । त्यो पनि एक्लै होइन, ओखलढुंगाका सांसद रामहरि खतिवडासँग । खतिवडा केहि समय अगाडी रोलेक्स घडी काण्डका कारण चर्चामा आएका थिए ।
अचम्मको कुरा त झन् के छ भने ढुंगेल फरार रहेर भेटाउन नसकिएको भन्दै अदालतलाई जवाफ पठाएको प्रहरीको कार्यालय सप्ताहस्थलभन्दा दुई सय मिटर नजिकै छ । ढुंगेल त्यहाँ पुगेको खबर पाउँदा समेत प्रहरीले माथिल्लो निकायमा खबर समेत गरेन । यसले एकातर्फ कानुनको त धज्जी उडिरहेको छ नै, नेपालमा पैसा र पाओर भएपछी कुन हदसम्मको मनपरी हुँदो रहेछ भन्ने स्पष्ट गरेको छ ।

तस्वीरमा माला लगाएका तीनजना क्रमशः कांग्रेसका जिल्ला सभापति प्रदीप सुनुवार, फरार बालकृष्ण ढुंगेल र सांसद रामहरि खतिवडा, तस्वीरः दीपक भट्टराईको फेसबुकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्