
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधनमा सहयोग गर्न गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संशोधन प्रस्तावमा सहयोग गर्न गरेको आग्रह एमालेले इन्कार गरेको हो । बैठकबाट बाहिरिँदै मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्रीले संशोधन प्रस्तावमा सहयोगका लागि गरेको आग्रह एमालेका नेताहरुले अस्वीकार गरेको जानकारी दिए ।
संविधान संशोधन प्रस्तावको टुंगो नलगाई चुनावको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । सरकारले लामो रस्साकस्सीपछि हिजो सोमबार साँझ आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो ।
सर्वदलीय बैठकमा मोर्चालाई निर्वाचनमा ल्याउनबारे छलफल केन्द्रित रहेको पनि गच्छदारले बताए । उनका अनुसार सीमांकन हेरफेर विषयमा बैठकमा बढी विवाद देखिएको छ ।
सीमांकनको विवाद संघीय आयोग गठन, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर वा अरु माध्यमबाट मिलाउने भन्ने विविध विषयमा छलफल चलिरहेको उनले बताए ।
प्रधानमन्त्री दाहालको आह्वानमा भएको सर्वदलीय बैठक मधेसी मोर्चाले भने बहिष्कार गरेको छ ।
एमाले प्रमुख सचेतक भानुक्त ढकालले निर्वाचन सफल बनाउने कुरामा सहयोग गर्ने तर संशोधन प्रस्तावका बारेमा छलफल गर्न समेत नसकिने अडान दोहोर्याए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्