
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – लगातार तीन घण्टा हरियो भएको शेयर बजार चौथो घण्टामा भने रातो भएर बन्द भएको छ । कारोबारको सुरुवात देखिनै उतारचढाव देखिएको बजारमा कारोबार रकम भने सुधारिएको छ ।
सोमबार शेयर बजार ४.२४ अंकले घटेर नेप्से परिसूचक १३६५.११ अंकमा ओर्लिएको छ । कु बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८८ अंकको गिरावटसंगै २९७.२८ अंकमा ओर्लिएको छ ।
आजको शेयर बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच तालमेल मिल्दा कारोबार बढेको हो ।सोमबार ८१ करोड रुपैयाँ बराबरका १५ लाख कित्ता शेयर खरिद बिक्री भएका छन् ।
उपसूचकहरु मिस्रित देखिएका छन् । सात समूहको कारोबार भएकोमा पाँच समूहले आज गुमाएका छन् भने दुई समूहका लगानीकर्ताले कमाएका छन् । आज गुमाउनेमा बैंकिंग समूह ४.३८,बिकास बैंक १०.७९ ,जलविद्युत ३.९८,फाइनान्स ५.५७ र अन्यमा ६.०७ अंकको गिरावट आएको छ । आज होटेल र बीमा समूहले कमाएका छन् । होटेल ०.२ र बीमा ३६.१२ अंकले बढेको छ ।
आज सबैभन्दा बढी नेपाल लाइफको चार करोड २० लाख रुपैयाँको कारोबार भयो । आज सबैभन्दा बढी आइएलएफसीएम माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाए भने सबैभन्दा बढी भार्गभ बिकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्