- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको कविलास ४१७ किलोमा सोमबार बिहान ३ बजे बा.३.च. ७५४३ नम्बर पिकअप बुलेरो भ्यान सडकबाट करीब २ सय मिटर तल त्रिशुली नदीमा खस्दा दुई जना बेपत्ता र दुई जना गम्भीर घाइते र दुई जना सामान्य घाइते भएका छन् ।
बेपत्ता हुनेहरूमा गोरखा जिल्लाको ताकु ३ बस्ने ६५ बर्षिया विष्णमाया गुरुङ र निज कै नाति १३ बर्षे कविन गुरुङ रहेका छन् । यस्तै, गम्भीर घाईते हुनेहरुमा निजकै छोरा भिमबहादुर गुरुङ् र उनको श्रीमती बर्ष २८ को रिमा गुरुङ् रहेका छन् । दुवैको टाउको र शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
सामान्य घाईते हुनेहरुमा सवारी चालक कालिका नगरपालिका ४ बस्ने ३३ बर्षको शिवराम खड्का र अर्को नाति न्यूटल गुरुङ् रहेका छन् । घाईते सबैको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । बेपत्ता हुनेहरूमा एकै परिवारका हुन् । भ्यानमा चालक सहित ६ जना सवार थिए । पूर्वी चितवनको खैरहनीबाट कोठा सरेर आफ्नु गृहजिल्ला गोरखा घर फर्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि वेपत्ताहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख चितवन प्रमुख दिपक थापले जानकारी दिए । यसैबीच , खबर संकलन गर्न जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुम ०५६-५२४२४१ मा तीन पटक सम्पर्क गरेपनि फाइल हराएको भन्दै सवारी दुर्घटनाको बिषयमा केहि जानकारी दिन मानेनन् ।