
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले विकास खर्च नगरेपछि वित्तीय क्षेत्र पैसा नभएर थप लगानी गर्न नसक्ने अवस्थामा पुगेको छ । सरकारी खर्च नहुने र बैंकले पनि ऋण नदिने भएपछि अर्थतन्त्र त खत्तम हुन्छ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणालाई यसले निक्कै पिरोल्यो ।
बृद्ध शरीरलाई डोहोर्याउँदै राणा अर्थसचिव भेट्न सिंहदरवार पुगे । भने लु यो त खत्तमै भयो, खर्च बढाउनु पर्यो ।
राणाले मुक्तिनाथ विकास बैंक काठमाडौं सरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयमा सुनाएको आफ्नो हुटहुटी दोहोर्याए तपाई अर्थ सचिव कर उठाउनु हुन्छ तर खर्च गर्नुहुन्न, यसले त अर्थतन्त्रै अप्ठेरो अवस्थामा पुग्यो ।
राणाको छटपटीको उत्तर अर्थसचिव शान्तराज सुवेदीले राम्रोसँग दिन सकेनन् । अर्थसचिवले भने कोशिश गरिरहेका छौं । प्रकृयागत जटिलताहरु पनि फुकाइदिएका छौं । तैपनि सम्बन्धित मन्त्रालय र विभागहरुले खर्च गर्न किन सकिरहेका छैनन्, म आफैँ अचम्ममा परेको छु ।
सचिवको जवाफले राणाको चित्त बुझेन । उनले बजेट निर्माण गर्ने जिम्मेवारी बोकेका सचिवलाई सुझाए सरकारले खर्च गर्न नसक्ने भयो। त्यसो हुँदा निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ । तपाई कृषि उत्पादन बढाउने, पशुपन्छी उत्पादन बृद्धि हुने र रोजगारी बढाउने उद्योगलाई सस्तो ब्याजमा ऋण दिने ब्यवस्था मिलाउनुहोस् ।
अर्थतन्त्र कमजोर बन्दै गएपछि चिन्तित भएका राणालाई अर्थसचिवले अझै आश्वस्त पार्न सकेनन् । भने( यो निक्कै गाह्रो काम छ । म एकपटक गभर्नरसँग कुराकानी गर्छु ।
अर्थमन्त्रालयबाट निरासा बोकेर राणा फर्किए । अब केही दिनभित्रै उनी राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई भेट्दै छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्