
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – नेपाल इकाइ मगर समाज संघ रत्ननगरले प्रथम शहीद लखन थापाको शालिक निर्माण गर्ने भएको छ । लखन थापाको १४० औं स्मृति दिवसको अवसर पारेर समाज संघ रत्ननगरले शालिक शिलान्यास गरेको हो । रत्ननगर–१० स्थित समाजको निर्माणाधीन सांस्कृतिक संग्रहालय परिसरमा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले शालिकको शिलान्यास गरेका हुन् ।
नेपालको इतिहासमै पहिलो शहीद लखन थापा भइकन पनि राज्यले बेवास्ता गरेको भन्दै शहीद को सम्झनामा थापाको शालिक निर्माण गर्न लागिएको समाजले जनाएको छ। देशको विभिन्न परिस्थितिमा मृत्युवरण गर्न पुगेका व्यक्तिहरुलाई विभिन्न तवरबाट सम्झे पनि लखन थापालाई बिर्सेको भन्दै नेपालकै पहिलो शहीद भएर पनि राज्यले पछाडि पार्नु दुःखदायी भएको समाजका अध्यक्ष रमेश रानामगरले बताए ।
देशको लागि बलीदान दिएका थापालाई राज्यले आधिकारीक रुपमै नेपालको प्रथम शहीद घोषणा गर्नुपर्ने उनले माग गरे । ‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा गर्नका लागि मगर समुदायबाटै आन्दोलन को रुपमा अगाडि बढाउनका लागि पनि उनको शालिक निर्माण गर्न लागिएको हो,’ अध्यक्ष मगरले भने । शालिक शिलान्यासपछि बोल्दै प्रमुख अतिथि समेत रहेका नगरपालिकाका कार्यकारी अधिकृत गैरेले शालिक निर्माण सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए ।
‘समाजका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार छ,’ उनले भने, ‘आज शिलान्यास गरिएको शालिकको निर्माण कार्य पनि मेरै कार्यकालमा पूरा हुन्छ ।’ साथै यहाँको मगर सङ्ग्रहालय निर्माणका लागि पनि नगरपालिकाले सक्दो सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनहरुमा पनि उत्तिकै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मगर संग्रहालय निर्माणका साथै परम्परागतरुपमा मगर समुदायले पूजा गर्दै आएको भयँर थाम मन्दिर र मगर समुदायको परम्परागत सांस्कृतिक घर निर्माणका लागि २०७० सालमा रत्ननगर–१० निवासी स्वर्गीय कौशिला रानामगर र सोही स्थानका नरबहादुर रानामगरले निःशुल्करुपमा दुई कठ्ठा जग्गा उपलब्ध गराएपछि यी संरचना निर्माण कार्य थालिएको हो ।
२०७३ सालको अन्त्यसम्म आइपुग्दा संरचना निर्माणमा १३ लाख भन्दा बढी खर्च भइसकेको र यसलाई पूर्णता दिनका लागि जम्मा ३० लाख भन्दा बढी खर्च लाग्ने समाजले अनुमान गरेको छ । कार्यक्रममा नेपाल मगर संघ चितवनका कोषाध्यक्ष भीम बहादुर खाममगर, नेकपा एमाले रत्ननगरका निःवर्तमान अध्यक्ष प्रेमनाथ दुवाडी, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर बिसुराल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरी, गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष रमेश रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर समुदायमा आधारित विभिन्न नाचगान समेत प्रस्तुत गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्