×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको नाफा १६ करोड पुग्दा खराब कर्जा पनि प्रतिशत बढ्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकको नाफा १६ करोड पुग्दा खराब कर्जा पनि प्रतिशत बढ्दै

Artha Sarokar

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं –  सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ७३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा गत वर्षको भन्दा एक करोड १० लाख रुपैयाँले धेरै हो । गत वर्ष सिभिलले १५ करोड ६३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले २६ करोड २९ लाख ६० हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । 
बैंकको खराब कर्जा ४.४५ प्रतिशत पुगेको छ । खराब कर्जा गत वर्ष भन्दा २.३१ ५ ले बढेको हो । गत वर्ष यति नै बेला बैंकको खराब कर्जा २.१४५ थियो । बैंकले सम्भावित जोखिमका लागि ४३ करोड १५ लाख ५३ हजार रुपैयाँ छुट्याएको छ । सिभिलले खुद ब्याज आम्दानीमा पनि १८ करोड ४३ लाख ७३ हजार रुपैयाँ बढोत्तरी गर्न सफल भएको छ । 
 यो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५४ करोड ९३ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्ष यही त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३६ करोड ४९ लाख ९३ हजार रुपैयाँ मात्र थियो । चुक्ता पुँजी चार अर्ब ५८ करोड ३८ लाख ६ हजार रुपैयाँ रहेको सिभिलको जगेडा कोषमा भने एक अर्ब ४२ करोड ८० लाख ८३ हजार रुपैयाँ छ । 
निक्षेपमा ३२ अर्ब ९३ करोड ४९ लाख २६ हजार रुपैयाँ रहेको सिभिलले २९ अर्ब ५० करोढ ५० लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी सात रुपैयाँ ३२ पैसा रहँदा बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ३१ रुपैयाँ १५ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी