
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आज फागुन एक,माओवादीले जनयुद्ध सुरुवात गरेको दिन । सोही दिनको अवसरमा माओवादी छाडेर नयाँ शक्तितिर लागेका डा.वावुराम भट्टराईले पहिलोपटक सार्वजनिक रुपमा क्षमा मागेका छन् । उनले जनयुद्धका क्रममा भएका कमीकमजोरी र दुःखकष्टहरुप्रति क्षमायाचना मागेका हुन ।
नेपाली लोकतान्त्रिक आन्दोलनमा जनयुद्धको भूमिका लामो समय स्मरणीय रहने भन्दै हानी नोक्सानीप्रति आफ्नो हिस्साको जिम्मेवारी लिने समेत बताएका हुन् ।
जनयुद्ध दिवसको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत जनयुद्धका सहिद, बेपत्ता र घाइतेप्रति सम्मान पनि व्यक्त गरेका छन ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते नेपालमा जनयुद्ध सुरु गरेको थियो । दश वर्ष लामो युद्धको २०६३ सालमा शान्ति सम्झौतासहित अन्त्य भएको घोषणा गरिएको थियो । माओवादी आन्दोलनसम्बद्ध विभिन्न पार्टीहरुले जनयुद्धको सुरुवात भएको दिनलाई ’जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्