×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले खुलायो ५ अर्बको नागरिक बचत पत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्र बैंकले खुलायो ५ अर्बको नागरिक बचत पत्र

Artha Sarokar

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आगामी फागुन १ गतेदेखि नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । नागरिक बचत पत्र अन्तर्गत ५ अर्ब रुपैयाँ बजारबाट उठाउन नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।
आन्तरिक ऋण उठाउने योजना अन्तर्गत राष्ट्र बैंकले फागुन १ देखि २२ गते सम्म ५ अर्ब रुपैयाँको बचतपत्र बिक्री गर्ने जनाएको छ। यसमा न्यूनतम १० हजार रुपैयाँसम्म लगानी गर्न पाइने छ । 
कम्तीमा ६ महिनामा बचत कर्ताले व्याज पाउने छन् भने यो धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । राष्ट्र बैक अनुसार यो रकम सरकारले विकास निर्माणका लागि खर्च गर्ने गर्छ । बचतपत्रमा राष्ट्र बैंकका कार्यालय तथा बजार निर्माताको लाइसेन्स लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी