
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – तरलता अभाव, बैंक ब्याज दर र विकास खर्चका बारेमा अर्थमन्त्री कृष्णवहादुर महराले चासो राखेका छन् । मन्त्री महराले बिहीबार बिहान राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग डेढ घण्टा छलफल गरेका हुन् ।
अर्थमन्त्रीले के छ वर्तमान आर्थिक अवस्थारु भनेर गभर्नर र सचिवहरुलाई सोधेका थिए ।
मन्त्रीको प्रश्नमा गभर्नर नेपालले बैंकरहरुले अनुशासित भएर लगानी गर्छु भन्ने प्रतिबद्धता जनाएको जानकारी गराएका थिए । हिजो मैले बैंकरसँग कुरा गरे । उनीहरुले अनुशासित भएर लगानी गर्छु भनेका छन् गभर्नरको भनाइ उदृत गर्दै मन्त्रीका प्रेस सल्लाहकार त्रिभूवन पौडेलले भने, ब्याज तर बृद्धिमा पनि चनाखो हुन्छौं भनेका छन् ।
अर्थ सचिव सुवेदीले विकास खर्च क्रमश भइरहेकाले अब विस्तारै खर्चले गति लिने जानकारी मन्त्रीलाई गराएका थिए। उनले खर्च भइरहेको जानकारी दिँदै बैंकिङ क्षेत्रमा अनावश्यक होहल्ला गर्ने काम भएको बताए ।
गभर्नर नेपालले ब्याज दरलाई स्थायित्व दिनका लागि राष्ट्र बैंकले प्रयास गरिरहेको भन्दै बैंकहरुलाई पनि त्यस बारेमा सचेत भएर अगाडि वढ्न निर्देशन दिइएको जानकारी गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्