
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल पत्रकार महासंघमा थपिन लागेका सदस्यको सूचि केन्द्रीय समितिमै पेश नभएको खुलेको छ । नयाँ बन्ने सदस्यको सूचि केन्द्रीय समितिमा पेश भएर पारित हुनुपर्ने भए पनि केन्द्रीय समितिलाई बेखबर राखिएको महासंघका तीनजना केन्द्रीय सदस्यले खुलासा गरेका हुन् ।
महासंघका केन्द्रीय सदस्यहरु माधव दुलाल, दीपेन्द्र कुँवर र रोसन पुरीले मंगलबार विज्ञप्ति निकालेर जिल्ला अधिवेशन आउनै लाग्दा समेत थपिन लागेका सदस्यहरुको सूचि केन्द्रीय सदस्यहरुलाई जानकारी नै नदिइ जिल्लामा पठाइएको जनाएका छन् । केन्द्रीय समितिलाई नै जानकारी नदिइ बनाइएको सदस्यको सूचि स्वीकार्य नहुने चेतावनी उनीहरुले दिएका छन् ।
गत पुस २७ गते बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकमा महासचिव एवं संगठन विभागका प्रमुख उजिर मगरले नयाँ सदस्यको सूचि ‘पद्धतिगत ढंगले केन्द्रीय समितिमा पेश गर्न नमिल्ने’ बताएको विज्ञप्तिमा उल्लेख छ । गैर पत्रकारले सदस्यता पाएको र गैर नेपालीले समेत सदस्यता पाएको भनेर व्यापक चर्चा र विवाद छ।
तर यो विषय पारदर्शी ढंगले अघि बढ्नुपर्नेमा नेपाल पत्रकार महासंघको केन्द्रमा समेत यसलाई अपारदर्शी ढंगले भागबण्डाका रुपमा अगाडि बढाउने काम भैरहेको छु, विज्ञप्तिमा भनिएको छ, को सदस्य बन्दैछरु त्यो सिंगो केन्द्रीय समितिलाई थाहा छैन।
उक्त बैठकमा महासचिव मगरको भनाईको प्रतिवाद गर्दै केन्द्रीय सदस्यहरुले सूचि मागेपछि अध्यक्ष महेन्द्र बिष्टले केन्द्रीय सदस्यले नयाँ सदस्यको प्रस्तावित ‘सूचि पाउने’ बताउँदै भोलि पल्टनै ईच्छुक सदस्यलाई वितरण गरिनेछ भने पनि हालसम्म वितरण नभएको विज्ञप्तिमा जनाइएको छ । बैठकमा राजु लामा, लक्की चौधरी, खगेन्द्र पन्त, रोशन पुरी, माधव दुलाल र दीपेन्द्र कुँवरले सूचि मागेका थिए ।
पुस २७ गतेको बैठकले नयाँ सदस्यताबारे सचिवालयमा छलफल गरी उपलब्ध केन्द्रीय समितिमा छलफल गर्ने निर्णय गरेको थियो र बैठक सकिएपछि उत्पन्न भएको तनाव हल गर्ने सन्दर्भमा अध्यक्ष बिष्टले ‘सूचि दिने र त्यसमा हामीले आफ्नो राय दिने’ सहमति समेत भएको थियो। तर त्यसको कार्यान्वयन भएन, समय घर्काउँदै हामीलाई असहमति राख्ने अधिकार पनि नदिने, सूचि पनि नदिने बरु चुनावको मिति नजिक ल्याएर थकाउने योजना बनाएको हाम्रो बुझाई छ ।
माघ १० गतेभित्र टुंग्याउने भनिएको सदस्यता आज माघ २५ गतेसम्म आउँदा पनि थाहा नहुनुले त्यसलाई प्रष्ट पार्छु, विज्ञप्तिमा भनिएको छ । के सदस्यता वितरण, अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवको तजबिजी अधिकार हो हो भने प्रष्ट भनिदिनु पर्यो। होइन भने केन्द्रीय सदस्यहरुले सूचि नपाउनुको कारण के होरु के विधि यही हो विज्ञप्तिमा प्रश्न गरिएको छ,हामी अहिले तीन हजार नयाँ सदस्य थप्दैछौं भन्ने चर्चा छ, वास्तविकता के हो एकातिर गैर पत्रकारलाई सदस्यता दिएको भनेर विवाद हुनु अर्कोतिर यति धेरै सदस्य एकै पटक थपिनु संयोग मात्रै पक्कै होइन होला ।
महासंघका केन्द्रीय सदस्यहरु दुलाल, कुँवर र पुरीले महासंघका पूर्व अध्यक्षहरु सुरेश आचार्य, विष्णु निष्ठुरी, तारानाथ दाहाल, धमेन्द्र झा, शिव गाउँले, महासचिवहरु ओम शर्मा र पोषण केसी तथा पूर्व केन्द्रीय सदस्य सूर्य थापा, पूर्ण बस्नेत र विनोद ढुंगेल लगायत पूर्व केन्द्रीय सदस्यसँग प्रश्न गरेका छन् के छ भने पहिले पहिले पनि यस्तै हुने गरेको भए जानी पाउँ । केन्द्रीय सदस्यले आफूले सदस्यता दिने व्यक्तिको सूचि हेर्न नपाउने, त्यो केन्द्रीय समितिमा पेश गर्न नपर्ने हो विगतमा लुकाएर गरिएका कतिपय विषयमा बैठकमा पद्धतिगत ढंगले विचार सहित असहमति राख्दै आएको भए पनि सदस्यताको प्रश्न गम्भीर भएकाले सार्वजनिक गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्