
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्य जन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । एउटा भाले अर्ना चिडियाखानाबाट केहीबेर अघि मात्रै निकुञ्ज ल्याई पुर्याएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
यो सँगै आजसम्म निकुञ्जमा तीन भालेसहित ११ वटा अर्ना आइपुगेको छ । पछिल्लो १२ दिनको अन्तरालमा यसरी अर्ना निकुञ्जमा ल्याएर छाडिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा अरु थप दुई गरेर १२ वटा अर्ना कोसी बाट ल्याइने भएकाले वन्यजन्तु चिकित्सक र प्रविधिज्ञ सहितको टोली कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बिहानैदेखि खटाइएको छ ।
निकुञ्जले एक भालेसहित तीनवटा अर्ना चिडिया खानाबाट ल्याउने तयारी गरेको अर्र्याल ले जानकारी दिनुभयो । “पहिलो चरणमा कोसी बाट १२ वटा र चिडियाखानाबाट तीनवटा गरी १५ वटा अर्ना ल्याइने छ,” अर्याल
ले भन्नुभयो । बाँकी पाँच अर्ना भनेपछि अनुकूल समयमा ल्याइने छ ।” वि।सं २०७१ मा नै सरकार ले चितवनमा पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यहीं माघ १२ गतेदेखि अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो ।
कोसी बाट चिडियाखानामा समेत आइतबार मात्रै एउटा भाले अर्ना स्थानान्तरण गरिएको चितवन निकुञ्ज का प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । “एउटा भाले अर्ना कोसीबाट चिडियाखानामा पनि पठाइयो, अब चिडियाखाना मा भएको तीन अर्नालाई चितवनमा ल्याउँदै छौँ, प्रमुख कँडेलले भन्नुभयो – दुवै स्थानमा प्रजनन प्रभावकारी बनाउने उद्देश्य हो ।”
एक ठाउँबाट अर्को संरक्षित क्षेत्रमा यसरी अर्ना स्थानान्तरण यो नेपालकै पहिलो हो । यसअघि बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरण गरेको अनुभव प्रविधिज्ञहरुलाई छ । चितवन निकुञ्जमा सन् १९६० को दशक अघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ ।
निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । कोसीमा डाट गरेर नियन्त्रणमा लिइएको अर्ना यही माघ १४ गते पहिलोपटक चितवन निकुञ्जमा ल्याएर छाडिएको थियो । अर्ना राख्न चितवनको सौराहा स्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफल तयार पारी इन्क्लोजर तारबारले घेरिएको विशेष क्षेत्र बनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्