
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अनलाइन शपिङ साइटहरुको बाढी नै आइरहेका बेला फरक सोचको दावी गर्दै अर्को एक अनलाइन शपिङ साइट सञ्चालनमा आएको छ । चार्टड एकाउन्टेन्ट सहितको समूहद्वारा निर्मित तथा प्रवर्दित यस अनलाइनमा कपडा, इलोक्ट्रोनिक्स सामान, फेन्सी समान लगायतका सबैजसो समानहरु किन्न मिल्ने कीनुम् न डटकमका प्रबन्ध निर्देशक जीवन राउतले अर्थ सरोकार डटकमलाई बताए ।
‘हामी फरक अभ्यासका साथ बजारमा आफ्नो उपस्थिति देखाउने प्रयासमा छौं । अहिलेका लागि हामीले डेलिभरी चार्जपनि लिएका छैनौं ।’ निर्देशक राउत भन्छन्, ‘अनलाइनमा सामान महँगो हुन्छ भन्ने भ्रम हटाउने प्रयास गरेका छौं । हामीले होलसेल रेटमै सम्भव भएसम्म आफ्ना ग्राहकहरुलाई समान दिने प्रयास गरेका छौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनी भन्छन्, ‘सामान अर्डर भएको १२ घण्टाभित्र हामी सामान रिंगरोड क्षेत्रमा डेलिभरी गर्छौं । अहिले काठमाडौँ, भक्तपुर र ललितपुर हाम्रो व्यापारिक क्षेत्र भएपनि हामी यसलाई अझ विस्तार गर्दै जानेछौं ।’
सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त अनलाइनको औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा उपस्थित अतिथिहरुले अनलाइनको सफलताको शुभकामना व्यक्त गरेका थिए । यसै बीच अर्थ सरोकार टेलिभिजन कार्यक्रमले उक्त अनलाइनका बारेमा विस्तृत कुराकानी गरेको छ । हेरौं यो भिडियो अन्तर्वार्ता :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्