Skip to content
LAXMI SUNRISE BANK

महायज्ञबाट उठ्यो दुई करोड, सङ्कलित रकमले विद्यालयको स्तर उन्नती गरिने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – फलेवास पर्वतको एक विकट गाउँमा सञ्चालित महायज्ञबाट रु दुई करोडभन्दा बढी सङ्कलन भएको छ ।दक्षिण पर्वतको रानीपानी गाविसमा सञ्चालित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु दुई करोड २५ लाख रकम सङ्कलन भएको हो । स्थानीय नेपाल तारा माविमा स्नातक तह सञ्चालन गर्ने र प्राविधिक विषयको पठनपाठनलाई थप स्तरोन्नति गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो ।

आइतबार सकिएको महायज्ञबाट उक्त रकम सङ्कलन भएको महायज्ञमूल संयोजक होमनाथ पराजुलीले जानकारी दिनुभयो । पराजुलीले सङ्कलित रकमको समयमै सदुपयोग गरी बिहादी बहुमुखी क्याम्पस स्थापना गरी प्राविधिक विषयको पठनपाठनलाई थप व्यवस्थितसँगै विद्यालयको भौतिक, शैक्षिक सुधारमा खर्च गरिने बताए ।
त्यस्तै सहयोगीले आफूले गरेको सहयोग रकम समयमै सदुपयोग गर्न आग्रह गर्दै नपुग हुने रकम स्रोत पहिचान गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महायज्ञमा युवा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो । महायज्ञ अवधिभर दान गर्न आमा समूह, टोल विकास संस्था, क्लब, शैक्षिक संस्थासहित दानवीरको घुइँचो लागेको थियो । दान गर्नका लागि पर्वत, गुल्मी, स्याङ्जा, बाग्लुङ लगायतका जिल्लाका गाविसबाट भक्तजन र दानवीर पुगेका थिए ।
महायज्ञमा सबैभन्दा बढी काठमाडौँमा कार्यरत जनसेवी लघु वित्तका अध्यक्ष विकास गौचनले रु पाँच लाख २५ हजार प्रदान गर्नुभएको थियो भने रानीपानीका चुडामणि पौडेलले रु दुई लाख २७ हजार सहयोग गर्नुभएको थियो । त्यस्तै परिवारका तर्फबाट सबैभन्दा बढी गगनबहादुर कुँवरको परिवारले रु १० लाख र टीकाराम क्षेत्रीको परिवारले रु ६ लाख प्रदान गर्नुभएको जनाइएको छ ।
उक्त महायज्ञको उद्घाटन कार्यक्रममा सांसद विकास लम्सालले रु २० लाख, अर्का सांसद अर्जुनप्रसाद जोशीले पनि २० लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK