
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेपाली कांग्रेस अन्ततः फुट्ने भएको छ । पार्टीलाई मनपरी ढंगले चलाइएको र आफ्नो भूमिकालाई निकै कमजोर बनाइएको भन्दै पार्टीका जिम्मेवार नेताहरुको अगुवाईमा नयाँ पार्टी खोल्न लागिएको खबर प्राप्त भएको छ । पार्टीका नेताहरुको गोप्य बैठकमा यस्तो निर्णय भएको हो । नेतृत्वले मनपरी ढंगले पार्टी चलाएको, पार्टीभित्रका जिम्मेवार व्यक्तिहरुलाई पनि वास्ता नगरिएको, विपीका पाठहरु भुलेर नेपाली कांग्रेसको साखमाथि धक्कापर्ने कार्यहरु नेतृत्वबाटै भएको लगायतका आरोप लगाउंदै नयाँ पार्टी खोल्न लागिएको स्रोतको दावी छ ।
को को जानेछन् नयाँ पार्टीमा ?
नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीमा नेपाली कांग्रेसबाट मन्त्री भैसकेका ३० बढी नेताहरु जाने स्रोतको दावी छ । ‘पूर्व मन्त्रीहरु थुप्रै हुनुहुन्छ । अहिलेका संसदहरु पनि हुनुहुन्छ । अहिलेको पार्टी फुटीसकेपछी नयाँ पार्टी अहिलेको भन्दा झन् बलियो हुनेछ ।’ हालका संसदसमेत रहेका एक कांग्रेस नेताले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार अव बन्ने पार्टी खास अर्थको कांग्रेस पार्टी हुनेछ । ‘अहिलेको समग्र नेपाली कांग्रेसलाइ जनताले हेर्ने दृष्टिकोण फरक हुन थालेको छ । विपीको साख जोगाउन भएपनि हामीले नयाँ पार्टी खोल्ने पर्छ। ‘ उनले भने ।
नयाँ पार्टीको नाम नेपाली कांग्रेस(राष्ट्रवादी)
स्रोतका अनुसार नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीको नाम नेपाली कांग्रेस(वीपी) विपी हुनेछ । ‘निर्वाचन आयोगमा दर्ता भएको नेपाली कांग्रेस(राष्ट्रवादी)को नाम संसोधन गरेर नेपाली कांग्रेस(वीपी) राख्ने आन्तरिक छलफल भएको छ । अवको केहिदिनमा हाम्रो पार्टी निर्वाचन आयोगमा समेत दर्ता हुनेछ । त्यसपछी लगत्तै हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिनेछौं । हाम्रो समूह अहिले गोप्य राखौं । सम्पूर्ण प्रकिर्या सकिसकेपछि हामी पत्रकार सम्मेलन गरेर सबै कुरा जानाकारी गराउनेछौं ।’ आफ्नो नाम नखुलाउन आग्रह गर्दै एक नेताले अर्थ सरोकार डटकमसँग भने ।
एक महिनादेखिको तयारी, स्थानीय तहको निर्वाचनको टार्गेट
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नयाँ पार्टी खोल्ने सम्बन्धमा कांग्रेका जिम्मेवार नेताहरु बिगत एक महिनादेखि गोप्य बैठकमा थिए । ‘हामीले हाम्रो आन्तरिक बैठकबाट काठमाण्डौ र अवता १८ वटा जिल्लामा जिल्ला कार्यसमिति पनि तयार गरेका छौं । दर्ता लगत्तै हामी सबै जिल्लामा पार्टीलाई बिस्तार गर्नेछौं ।’ एक नेताले अर्थ सरोकार डटकमसँग भने ।
यस्तो हुँदैछ नयाँ पार्टीको झण्डा, चुनाव चिन्ह परेवा
स्रोतका अनुसार नयाँ पार्टीको झण्डा अहिलेको कांग्रेसकै जस्तो हुनेछ । ‘केहि फरक लुक्स त दिनेछौं नै । तर अहिलेको पार्टीको जस्तै झण्डा बनाउने निर्णय भएको छ ।’ स्रोत अगाडी भन्छ, ‘ हामीले पार्टीको चुनाव चिन्ह भने परेवा राख्ने निर्णय गरेका छौं । हेरौं अव निर्वाचन आयोगको निर्णय कस्तो हुन्छ ? सबैलाई समेटेर अगाडी बढ्ने प्रयासमा छौं हामी । सबै भन्नाले साँचो अर्थमा कांग्रेसहरु । अहिलेको नेतृतको मनपरीबाट आजित भएकाहरुले हामीलाई समर्थन गर्नुहुनेछ भन्ने हामी विश्वस्त छौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्