Skip to content
LAXMI SUNRISE BANK

नेपालीलाई अमेरिका आतंकः ‘तिम्रो देश जाउ’

अर्थ सरोकार

 के तपाईं अमेरिका जादै हुनुहुन्छ ?
यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ ।
विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
अमेरिकाका नयाँ राट्रिपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न भइरहेको छ ।
ट्रम्पको अहिलेको पहिला अमेरिकी नागरिकलाई प्राथमिकता भन्ने मूल नाराकै कारण अन्य देशका मानिस अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ । अमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जाकारी गरएअनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ ।
उनका अनुसार गएपछि भिसा भएपनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो ।अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपाली लगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाउ भनेर धम्क्याउने क्रम बढ्न थालेको छ ।
कतिपयले त कोठाको ढोकामा नै तिम्रो देश जाउ भनेर टाँसिएको समेत पाइएको ती नेपाली विद्यार्थीले बताए ।यस्तो अवस्थाले गर्दा अमेरिकामा रहेका नेपनली अहिले आतंकित भइरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK