
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलहरु चुनाव नगराउने खेलमा लागेको आरोप लगाएका छन्। सरकारले निर्वाचन आयोगलाई चुनावको तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषय नै नसमेटिएको पत्रले केही अर्थ नराख्ने टिप्पणी गरे।
मिडिया नेपाल मकवानपुरले शुक्रबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने, ‘निर्वाचन आयोग भनेकै निर्वाचन गर्न सधैँ तयार रहने निकाय हो, निर्वाचनको तयारी गर्नु भन्दै पत्रचार गर्ने तर कुन निर्वाचन गर्ने भन्ने विषयमा जानकारी नदिनु हास्यासपद् छ।’
एकातिर चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्नु र अर्कोतर्फ स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन पुनराबलोकन गर्न १५ दिनको समय तोक्नु आफैँमा अनौठो कुरा भएको उनको टिपणी छ। मधेस समस्या समधान गर्न पनि कांग्रेस र माओवादीले नै नचाहेको बताउँदै थापाले उनीहरुको अव्यवहारिक चरित्रका कारण मुलुक संकटतर्फ अघि बढेको बताए।
संविधानमानै व्यवस्था गरिएको स्थानीय तहको निर्वाचनको विषयलाई समेत सरकारले भन्न नसक्नु बिडम्वना भएको बताउँदै उनले पत्रचारको विषयले चुनाव नहुने सम्भावनालाई थप बल पुर्याएको जिकिर गरे। सरकारले ६ महिनासम्म मधेस समस्या समाधानका लागि पहलसमेत नगरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्