Skip to content
LAXMI SUNRISE BANK

सेयर ब्रोकरहरुको लागि यस वर्षबाट अर्को सुविधा, सेयर ब्रोकरबाटै ऋण लिन पाउने बाटो खुल्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सरकारले चालु आर्थिक बर्षभित्रै सेयर ब्रोकरमार्फत ऋण लिन पाउने व्यवस्था गर्ने भएको छ। यसका लागि सरकारले अर्थ मन्त्रालय र नेपाल धितोपत्र वोर्डलाई निर्देशनसमेत दिइसकेको छ।
ब्रोकरमार्फत कर्जा लिन पाउने व्यवस्थाका बारेमा पटक पटक कुरा उठे पनि कार्यान्वयन हुन सकेको थिएन। यसपाली भने सरकारले पाँच बर्षे रणनीति बनाउँदै चालु आर्थिक बर्षबाटै नयाँ व्यवस्था लागू गर्ने जनाएको छ।
सरकारले ब्रोकरबाट ऋण लिन पाउने व्यवस्था गर्नका लगि उनीहरुको चुक्ता पूँजीसमेत बृद्धि गर्दैछ। सरकारले चालु बर्षभित्रै मर्चेन्ट बैकर नियमावलीसमेत संशोधन गर्ने छ।
सरकारले बजार निर्माता, धितोपत्र दलाल र डिलर नियमावली पनि संशोधन गर्ने भएको छ। साथै सरकारले चालु आर्थिक बर्षभित्रै मर्चेन्ट बैकरलाई कर्पोरेट एडभाइजरको रुपमा कमा गर्ने स्वीकृति दिने भएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK