Skip to content
LAXMI SUNRISE BANK

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य, अधिकांश पदाधिकारी ३०–४० वर्षका, तीन संगठनमा चार नेता मात्र योग्य

अर्थ सरोकार

त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरू चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरू भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन् ।
अधिकांश पदाधिकारी ३०–४० वर्षका
प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरू ३० देखि ४० वर्ष उमेर समूहका छन् । केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन् । नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्षभित्रका छन् । अध्यक्ष नैनसिंह महरले आफू ४२ वर्ष पुगेको बताए । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्षभित्रका छन् । विद्यार्थी नेताहरू आफैँले बताएको उमेरअनुसार पदाधिकारीमा २६ वर्षदेखि सबैभन्दा बढी ३५ वर्ष उमेरका छन् ।

तीन संगठनमा चार नेता मात्र योग्य
त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् ।
नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ वर्ष नकटेका छन् । अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्मका १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् ।
नेविसंघका कोषाध्यक्ष शिव रिमाल २८ वर्षमुनिका छन् । उनले आफू २७ वर्ष पुगेको दाबी गरे । ‘मेरो उमेरले स्ववियु चुनावमा लड्न सक्ने भए पनि म उम्मेदवार बन्दिनँ,’ उनले भने ।
अनेरास्ववियुकी अनुशासन आयोग अध्यक्ष निशा अधिकारी मात्र स्ववियु चुनावका लागि योग्य छिन् । उनी २६ वर्षकी भइन् । अनेरास्ववियु क्रान्तिकारीको सचिवालयसम्मका नेताहरूमा उपाध्यक्षद्वय मिलन एमसी र रविकिरण यादव मात्र २७ वर्षका छन् । आजको नयाँ पत्रिकामा खबर छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK