
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – त्रिवेणी विकास बैंककोे तीन लाख ५८ हजार ६०.४२ कित्ता सेयर लिलामीमा सकार्ने बिहीबार अन्तिम दिन हो । बिहीबार बैंकिङ कार्यालय समयभित्र यो सेयरमा टेन्डर भरिसक्नुपर्नेछ ।
त्रिवेणीले दुई लाख २९ हजार १४३.४५ कित्ता सेयर सर्वसाधारण समूह र एक लाख २८ हजार ९१६.९७ कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । एक सय रुपैयाँ न्यूनतम मूल्य आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र पेस गर्नुपर्नेछ ।
बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामीमा बिक्री खुला गरेको हो । यसअधि त्रिवेणीलले कात्तिक २३ देखि मंसिर २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । आवेदकले एस क्यापिटल लिमिटेड लालकोलनीमार्ग, लालदरवार काठमाडौं तथा त्रिवेणी विकास बैंकको केन्द्रीय कार्यलय थापाथली काठमाडौंबाट आवेदन फारम भर्न र बुझाउन सक्नेछन् ।
त्रिवेणीको बिक्री प्रबन्धक एस क्यापिटल हो । बोलपत्र माघ २१ गते दिउसो ३ बजे एस क्यापिटल लिमिटेड लालकोलनीमार्ग लालदरबार काठमाडौंमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्