
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ। आजको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ। विधेयकमाथि दफावार छलफलको प्रतिवेदन बुधवार संसद्मा पेश भएको थियो।
संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यतालिका अनुसार विधेयक पारितका लागि सरकारका तर्फबाट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संसद्मा प्रस्ताव पेश गर्नेछन्। गृहमन्त्रीको प्रस्तावमा सामान्य छलफलपछि विधेयक पारित हुनेछ।
विधेयक पारितअघि सांसद्हरुले उठाएका प्रश्नमा गृहमन्त्रीले जवाफ दिनेछन्। स्थानीय तह निर्वाचन विधेयक पारित भएपछि स्थानीय निर्वाचनको मिति घोषणको कानुनी बाटो खुल्नेछ।
सरकारले निर्वाचनसम्बद्ध नौमध्ये पाँच विधेयक हालसम्म संसद्मा पेश गरेको छ। जसमा तीन वटा विधेयक पारित भइसकेका छन्। राजनीतिक दलसम्बन्धी विधेयक राष्ट्रिय दलको मान्यता पाउन थ्रेसहोल्ड कति हुने भन्ने विवादका कारण राज्य व्यवस्था समितिमा नै विचाराधीन छ। स्थानीय तहको विधेयक बिहीबार पारित हुँदैछ।
तीन वटै चरणको निर्वाचनको लागि आवश्यक नौमध्ये पाँच विधेयक अन्तिम चरणमा छन् । प्रदेशसभा, राष्ट्रियसभा, प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक मस्यौदा सम्पन्न भइसकेका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्वन्धी विधेयक दर्ता स्वीकृतिका लागि मन्त्रिपरिषद्को विधेयक समितिमा छ।
निर्वाचनको मिति घोषणा गर्दै सरकार :-
यसैबीच, सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी गरेको छ। माघ १५ भित्र मिति घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए पनि अहिलेसम्म मिति घोषणा हुन सकेको छैन। आउँदो बैसाख अन्तिम सातादेखि जेठको दोस्रो सातासम्म निर्वाचन गर्नेगरी मिति घोषणको तयारी गरिएको हो।
स्थानीय तह पुनर्संरचना आयोगको विवादबारे बुधवार कानुन व्यवसायीसँग परामर्श गरेपछि प्रधानमन्त्री चुनावको मिति तोक्ने पक्षमा पुगेका हुन्। उक्त परामर्शमा कांग्रेस सभापति शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसमेत सहभागी थिए।
कानुन व्यवसायीसँगको परामर्शपछि आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने सरकारको तयारी छ। निर्वाचनको मिति तोकी चुनावको तयारी लागि निर्वाचन आयोगलाई पत्रचार गर्ने सरकारको तयारी छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्