×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इतिहासकै ठूलो राष्ट्रिय झण्डा फहराइयो माइतीघर मण्डलामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इतिहासकै ठूलो राष्ट्रिय झण्डा फहराइयो माइतीघर मण्डलामा

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौ – शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघर मण्डलामा इतिहासकै ठुलो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।
राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् । क्रेनको सहायताको सो झण्डा सार्वजनिक गर्दै फहराइएको थियो ।
१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ ।  उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी