
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा भारत सरकारद्धारा नेपाललाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार दिएको छ ।
बिहीबार विहान नेपालस्थित् भारतीय दुवावासमा आयोजित कार्यक्रमका वीचमा नेपालको विकासको यात्रामा भारत सरकारको सहयोगको प्रतिबद्धतासहित भारत सरकारले बिभिन्न जिल्लाका अस्पतालहरुलाई उक्त एम्बुलेन्स र बसहरु दिएको हो ।
कार्यक्रममा राजदूत रञ्जित रायले नेपालमा शैक्षिक र स्वास्थ्य सेवा सवल गराउन ती संस्थालाई साँचो हस्तन्तरण गरेका हुन् । नेपालको एक भूपू संगठनलाई दुई एम्बुलेन्स पनि उपहार दिइएको थियो ।
नेपालका दुर्गमसहित विभिन्न स्थानमा रहेका पुस्तकालय, प्राथमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा महाविद्यालयहरु गरी ६० शैक्षिक संस्था तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत दिइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्