
फाईदा:
☆महँगो मुल्यमा खरिद गर्न आँटगर्न नसक्ने तथा बजार प्रवेश गर्ने अवसर खोजिरहेकाहरुलाई ।
☆बजार भाउ बढ्दा प्रफिट बुक गरेर फेरी खरिदको अवसर कुरी रहेकाहरुलाई ।
☆एकैपटक लगानी नगरि पटक पटक गरेर घट्दो दरमा खरिद गरे प्राईस एभरेज गराउँदै जोखिम कम गर्नेहरुका लागि ।
☆सेयर बजारको लगानीलाई जुवा सम्झेर बजारबाट टाढै रही बैंक ब्याजप्रती बढीनै आशक्त भई बचत तथा मुद्दतिप्रेमीहरुका लागि ।
बेफाईदा:
☆उच्च महत्वकाँक्षा राखी दिन सँधै दुगुना रात चौगुना बढी मात्र रहन्छ भन्ने सोचेर लगानी गर्नेहरुका लागि ।
☆सँधै ट्रेडिङबाटै मात्र कमाउँछु भनेर दिर्धकालिन लगानीको सिद्धान्तलाई अबमुल्यन गर्नेहरुको लागी।
☆सबैभन्दा ठुलो जोखिम ऋण लिएर लगानी गर्नेहरुका लागि!
ऋण लिएर लगानी गर्नेहरुलाई यही बेला बैंकले मार्जिन कल गर्ने, ब्याजदर बढाउने , ऋण नबिकरण नगर्ने जस्ता समस्या भोग्नुपर्ने हुन्छ। तर यो अवस्था भनेको तपाईंको परिक्षाको घडी हो। यस्तो झरि परेको अवस्थामा तपाईंलाई बैंकले घाम लागेको बेलामा दिएको छाता खोस्ने गर्छ। पुरानाले त यो कुरा बुझेका छन्, अनि समयक्रम अनुसार सेफ ल्याण्डिङ गर्ने गर्दछन्। तर जो नयाँ हुनुहुन्छ वहाँहरुको लागिअहिलेको अवस्था निस्सासिंदोनै रहेको छ। बजार प्रवेशको क्रममा सायद यो अवस्थाको परिकल्पना पनि गरिएको हुँदैन।
जहाँ चुनौती छ अवसर त्यहिं हुन्छ । बजारका आधारभुत पक्ष सकारात्मक हुँदा हुँदै पनि अहिले बजारलाई चारैतिरबाट प्रहार भएको भान हुन्छ ।
बजारको चाल सँधै एकनास हुँदैन सँधै तरलता अभाव पनि हुँदैन, सँधै ब्याजदर बढिरहने भन्ने पनि हुँदैन।
यो एउटा चक्र हो। हिजो हाम्रो ठुलो बचत स्विकार नगर्ने बैंक हरुले आज हामी लाई ढक्ढक्याउँदै छन्। हिजो हामी निक्षेप राख्न ब्याजदरमा बार्गेनिङ गर्दै बैंक चहार्नु पर्ने अवस्था थियो। तर आज बैंक आफै दिनप्रतिदिन आकर्षक अफर ल्याउँदै छन् ।
मुल कुरा त सेयर बजार र ब्याजदर बिच ठिक बिपरित सम्बन्ध हुन्छ । एउटा घट्दा अर्को बढ्ने एउटा बढ्दा अर्को घट्ने! तर यो एउटा साईकल हो भन्ने हामीले बुझ्नु जरुरी छ ।
“कहिले सासुको पालो, कहिले बुहारिको!”
अहिलेको अवस्था भनेको अजम्बरि हो भन्ने सोचेको होलान् कसैकसैले तर उनिहरु दिवास्वप्नमा छन् । सँधै रात पनि पर्दैन अनि सँधै घाम पनि लाग्दैन भन्ने सिद्धन्त सबै क्षेत्रमा लागु हुन्छ। यो त्यही नेप्से हो जुन कुनै दिन ११७५ पुगेर फेरी २९२ मा झरेको थियो। अनि २९२ बाट फेरी १८८१ पुगेको पनि उहि नेप्सेनै जुन अहिले १४०० मा आएको छ! समग्रमा भन्नुपर्दा आफुलाई बजारमा सफल र दिगो लगानीकर्ताको रुपमा उपस्थिती जनाउनको लागि यो एउटा परिक्षाकै घडीनै हो भनेर बुझ्दा हुन्छ!
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्