
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – धुर्मुस–सुन्तलीले गिरान्चौरमा एकिकृत बस्ती निर्माण सम्पन्न गरेर मुसहर बस्ती निर्माण गरिरहँदा अर्को हाँस्य कलाकार जोडी पनि प्रतिष्ठानको गठन गरि सामाजिक कार्यमा होमिएका छन् ।
हाँस्य टेलिभिजन श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका कलाकार जोडी कुमार कट्टेल जीग्री र अर्जुन घिमिरे पाँडेले सप्तरीको गम्हरीया ४ का दृष्टिविहिन ३ परिवारका लागि घर बनाइदिने घोषणा गरेका छन् ।
उक्त जोडीले सामाजिक काम गर्नको लागि जीग्री पाँडे प्रतिष्ठानको स्थापना समेत गरेका छन् । सामाजिक कार्यको लागि उनिहरुले आफ्नो कमाइको ५ प्रतिशत र वार्षिक १० वटा कार्यक्रम समेत गर्ने भएको हो ।
सप्तरीका उक्त ३ परिवारमा १७ जना सदस्य रहेका छन् । उनीहरुलाई पाल्ने मुख्य व्यक्तिसहित ५ जना नै दृष्टिविहिन भएकोले दैनिक गुजरा चलाउन समेत समस्या रहेकाले सहयोग गर्न लागिएको उक्त प्रतिष्ठानले जनाएको छ ।
३० लाख रुपैँया अनुमानित लागतमा निर्माण हुने उक्त घर बालमैत्री, अपांगमैत्री र धुवाँरहित बनाइने जीग्री पाँडे प्रतिष्ठानले जनाएको छ ।उनिहरुले केहि दिन अघि मात्र दृष्टिविहिन परिवारका लागि लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्