
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालको विमानस्थलमा भारतले एयर मार्सल राखेर नेपालको सुरक्षा नीति नै कब्जा गर्ने रणनीति बनाएको आरोप लगाएका छन्। रफत संचार क्लबले बुधबार गरेको कार्यक्रममा उनले विमान सुरक्षाको नाममा एयर मार्सल राखेर नेपालको सुरक्षा अवस्थालाई कब्जा गर्ने भारतीय रणनीति रहेको बताएका हुन्।
उनले ठूला दलहरुको खर्च र विगतका अपराधिक चरित्र भएकाहरुलाई रोक लगाउन थ्रेसहोल्ड आवश्यक रहेको पनि बताए। ‘थ्रेसहोल्ड ठूला राजनीतिक दलहरुलाई निर्वाचनको बेला गरिने खर्चमा लागू गराउनुपर्छ’, उनले भने ‘साना दलहरुलाई जसले मत कम ल्याएका छन्, तिनलाई सरकारमा लाने काम गलत हो।
सरकारको समिकरण जति बेला पनि परिवर्तन हुने सक्ने भन्दै बिजुक्छेंले भने– ‘भारतको ईशारा मिल्ना साथ थ्रेसहोल्डको बिषय देखाएर तीन दल एमाले कांगे्रस र माओवादीबीच सत्ता समिकरण देखा पर्दछ।’ उनले स्थानीय तहको निर्वाचनको बारेमा सरकारले मुखले बोले पनि व्यवहारमा कुनै तयारी नगरेको बताए।
उनले संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा आवश्यक रहेको पनि बताए। उनले बालुवाटार, सिंहदरवार र शितलनिवास अपराधीहरुको संरक्षणको थलो बनेको भन्दै हाल पनि अपराधिक आरोप खेपेकाहरु समेत संसद भएको आरोप लगाए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्