×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मजदुरी गरेर छाक टार्नेको घरमा आयो तीनवटा बत्तीको महसुल ३६ हजार रुपैयाँ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मजदुरी गरेर छाक टार्नेको घरमा आयो तीनवटा बत्तीको महसुल ३६ हजार रुपैयाँ !

Artha Sarokar

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मासिक ८० रुपैयाँ बिजुली महसुल तिर्दै आएका बैतडीका शेरिराम तिरूवा एकैचोटी ३६ हजार रुपैयाँको बिल आएपछि अचम्ममा परे ।  उनले मिटर चेकजाँच गरिपाऊँ भन्दै विद्युत वितरण केन्द्रमा निवेदन दिँदा जसरी पनि उठेको बिजुलीको महसुल तिर्नै पर्छ भनेपछि उनी झन् समस्यामा परे ।

‘घरमा तीन वटा मात्रै चिम बाल्छु, मासिक ८० रुपैयाँ मात्रै बिल आउँथ्यो। दुई महिना पहिले एक हजार रुपैयाँको बिल आयो, यस्तै त होला नि भनेर तिरेँ। यो महिना त ३६ हजार पो आयो,’ उनले भने, ‘मजदुरी गरेर छाक टार्छु, महिनामा बिजुलीका मात्रै यतिधेरै पैसा कसरी तिर्नू?’ आजको गोरखापत्र दैनिकमा खबर छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्ता थुप्रै गुनासो उठेको थियो। तर विद्युत वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवसितले मिटरमा उठेअनुसार पैसा तिर्नै पर्ने बताए। उनी उपभोक्तालाई परेको मर्काप्रति खासै गम्भीर भएनन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी