×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रंघेहात्त पक्राउ मालपोतका सुब्बा

LAXMI SUNRISE BANK
GLOBAL

रंघेहात्त पक्राउ मालपोतका सुब्बा

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासले महोत्तरी मालपोत कार्यालयका सुब्बालाई घुस लिंदालिंदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी मालपोत कार्यालयका सुब्बा राधेसरण ठाकुर रहेका छन् । उनलार्इ आइतबार दिउँसो ५ हजार घुस सहित पक्राउ गरिएकाे हाे ।
उनले पाँच जना दाजुभार्इकाे अंश बाँडफाँडको काम गर्न एक सेवाग्राहीसँग एक सातादेखि घुस माग्दै आएका थिए । घुस नदिएपछि अंश बाँडफाँडको कागजात अघि नबढाएपछि पीडित सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
सुब्बाले आफु काम गर्ने कोठाको चुकुल लगाएर सेवा ग्राहीसँग घुस लिएर गोजीमा राख्नै लाग्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तियारका मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालले बताए ।
महोत्तरीको धिरापुर ३ घर भएका ठाकुर ३० बर्षदेखि सरकारी सेवामा रहदैं आएका छन्। पक्राउ परेका सुब्बालार्इ अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी