
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा सिपिटिको नतिजा उत्साहजनक आएको छ । भारतीय बोर्ड अन्तर्गत सिएको पहिलो तह सिपिटीमा नेपालका विद्यार्थीको उत्साहजनक नतिजा देखिएको हो । मंगलबार प्रकाशित भएको नतिजा अनुसार नेपालका दुइ विद्यार्थीले ९६.५% ल्याएका छन् भने अन्य थुप्रै विद्यार्थीहरुले समेत उत्साहजनक नतिजा ल्याएका छन् ।
यो ईतिहासकै उत्कृष्ट नतिजा हो, दीपक पाण्डे, प्रबन्ध निर्देशक, एओसी
बिगतमा आईसीएआई टप गरेका प्रणवले पढेको कोचिङ सेन्टर एकेडेमी अफ कमर्श (एओसी) ले यसपालीको नतिजा ईतिहासकै उत्कृष्ट भएको बताएको छ । सिए सरोकारसँग कुराकानी गर्दै एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डेले नतिजा ‘धमाकेदार’ भएको प्रतिक्रिया दिएका छन् । ‘यसपाली त अचम्मै भयो’ दीपक पाण्डे अगाडी भन्छन्, ‘हाम्रा एक विद्यार्थी रश्मी पटुवारले ९६.५ प्रतिशत ल्याउनुभएको छ जुन निकैनै उत्साहजनक हो । यसअघि आईसीएआई टप गरेका प्रणव प्रतिक तुल्स्यानको भन्दापनि बढी अंक हो यो । उनीमात्र होइन, अरु ११ जनाले पनि ९० % भन्दा बढी अंक ल्याएका छन् ।’ उनका अनुसार यी सबै विद्यार्थीले एओसीमा छात्रवृतिमा अध्ययन गर्नेछन् । ‘यो नतिजाले एओसीले उत्कृष्टतालाई निरन्तरता दिएको छ र दिन्छ भन्ने थप पुष्टि गरेको छ । अन्य विद्यार्थीहरुको नतिजा पनि निकै राम्रो छ । समग्र नतिजा उल्लेखनीय छ ।’ उनले भने।
‘हाम्रा विद्यार्थीले ९६.५ अंक ल्याए, नतिजा उत्साह जनक छ, टंकलाल श्रेष्ठ, सीइओ, प्राइम सिए
यता बिगत लामो समयदेखिनै उत्कृष्ट नतिजा ल्याईरहेको प्राइम सिएले यसपाली पनि धमाकेदार नतिजा प्रस्तुत गरेको छ । प्राइम सिएमा अध्ययन गरेका जनार्दन जैसीले ९६.५ प्रतिशत ल्याएका छन् भने अरु केहि विद्यार्थीहरुले समेत ९०% भन्दा बढी अंक हाँसील गर्न सफल भएका छन् । ‘हामी हाम्रो नतिजाबाट निकै नै हौसिएका छौं । प्राइम सिएले उत्कृष्टतालाई निरन्तरता दिन सफल भएको छ ।’ सिए सरोकारसँग कुराकानी गर्दै प्राइम सिएका सीईओ टंकलाल श्रेष्ठले अगाडी भने, ‘हाम्रो समग्र नतिजा पनि निकै राम्रो छ । निरन्तर उत्कृष्ट नतिजा दिनु ठूलो चुनौती हो । यो चुनौतीलाई यसपाली पनि पार गर्न प्राइम सिए सफल भएको छ । यसका लागि साथ दिने सबैलाई धन्यवाद र उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिन चाहान्छौं ।’
एक विद्यार्थीको ९५ % आयो, प्राय विद्यार्थीको विशिष्ट श्रेणी छ, बालचन्द्र श्रेष्ठ, अध्यक्ष, सीएआई
यता सीएआईका अध्यक्ष बाल चन्द्र श्रेष्ठले आफ्ना एक विद्यार्थी प्रवेश राज थपलियाले ९५% ल्याएको र समग्र नतिजा पनि राम्रो भएको बताएका छन् । ‘हामीकहाँ यसपाली विद्यार्थी तुलनात्मक रुपमा कम थिए । सबैको नतिजा राम्रो छ ।’ सिए सरोकारसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले आफ्ना विद्यार्थीको नतिजाबाट आफु निकै खुसी भएको बताएका छन् ।
‘चैतन्यका सबै पास, सीसीएमए र गुरुकुलको नतिजा पनि राम्रो’
सिए सरोकारसँग कुराकानी गर्दै चैतन्य इन्ष्टिच्युट अफ मेनेजमेन्टका सीईओ गणेश जोशीले आफ्ना सबै विद्यार्थी उतिर्ण भएको बताएका छन् । ‘हाम्रो इन्स्टिच्युटबाट परिक्षा दिने सबै १५ जना उतिर्ण भएका छन् । हाम्रा एक विद्यार्थी अजय सिंहले ८९.५ प्रतिशत अंक ल्याएका छन् ।’ सीइओ जोशीले भने । यता सिसिएमए कलेजका प्रबन्ध निर्देशक, दीपेश थपलियाले सिसिएमएका विद्यार्थीको नतिजा पनि राम्रो भएको बताएका छन् । ‘परिक्षा दिएका सबैको नतिजा राम्रो छ । समग्र नतिजा नै राम्रो भएकोले नेपालको समग्र नतिजा पनि राम्रो छ। ‘ उनले भने । यता गुरुकुल सिएको नतिजा पनि राम्रो आएको छ । गुरुकुल सिएका सिए मुकुल भट्टले सिए सरोकारसँग कुराकानी गर्दै आफुहरुको नतिजा राम्रो भएको बताएका छन् । ‘विद्यार्थी यसपाली तुलनात्मक रुपमा कम थिए । नतिजा भने राम्रो आएको छ ।’
यता नतिजाबारे बुझ्न खोज्दा सिमा एकेडेमिक्सका संयोजक बिजय पाठकको भने फोन उठेन । यसपालीको नतिजामा रमाईलो कुरा त के छ भने, ‘प्राइम र एओसीमध्ये उत्कृष्ट अंक कहाँ पढेका विद्यार्थीहरुको आउँछ होला भन्ने कौतुहल सबैमा रहेका बेला यी दुवै कोचीङ सेन्टरबाट विद्यार्थीले ९६.५ प्रतिशत अर्थात नेपाल सेन्टरबाट सबैभन्दा बढी अंक ल्याउन सफल भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्