
- अर्थ सरोकार डटकम / प्रनिश थापा
काठमाण्डौ – नगरपालिका घोषणा भएको दुई वर्षपछि बल्ल माडी नगरपालिकाको आफ्नै भवन बन्ने गरी निर्माण कार्य सुरु भएको छ । पहिलो चरणमा ६ कोठासहितको एक तले भवन बन्नेछ । भवन निर्माणको जिम्मा जयबुद्ध शक्ति शिव एमपीले पाएका छन् । असार मसान्तभित्र पहिलो चरणको निर्माण कार्य पूरा हुनेछ । सुरुमा ७० लाख १५ हजार ४ सय ९६ रुपैयाँको लागतमा एक तले भवन निर्माण कार्य सकिनेछ ।
बसन्तपुरमा रहेको माडी मावि नजिकै नगरपालिकाको नयाँ भवन बनेको हो । नगरको केन्द्र भागमा रहेको तत्कालीन बघौडा गाविसको ४ कोठे भवनमा नगरपालिका सञ्चालन भएको थियो । गत फागुन ११ गते बसेको सर्वदलीय बैठकले हाल नगरपालिका भवनको पूर्वतर्फकोरौताने खोला, पश्चिममा बघौडा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयको उत्तर तर्फको जग्गाको स्वामित्व नगरपालिका मातहत मा ल्याउने निर्णय भएको थियो ।
२ विघा १ कट्ठा १५ धुर जग्गामा नगरपालिकाको नयाँ सरंचना बनाउने गरि गुरुयोजना बनेको नगरपालिका इन्जिीनियर दिपेन्द्र पाठकले जानकारी दिए । गुरुयोजनाअनुसार तीन तला सहितको ए व्लकमा १८कोठाहरु बन्नेछन् । यस्तै अन्य ४ वटा व्लकहरुमा चार÷चार कोठाहरु बन्नेछन् । पूर्वतर्फ नदीतर्फ ड्याम बनाएर पानीमा फोहरा सहित हुने गरि पोखरीहरु बनाइने छन् ।
भवनहरु अपाङ्गमैत्री, वातावरणमैत्री हुनेछन् । नगरपालिकाको गुरुयोजना अनुसारको संरचना तयार गर्न १० करोड २१ लाख ५५ हजार ७ सय ६२ रुपैयाँ लाग्ने अनुमान छ । अहिले विनियोजित बजेटको आधारलाई हेर्दा १४ वर्षमा पूरा निर्माण कार्य सकिन्छ। सरकारी पर्ति जग्गालाई सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धि कार्यनीति २०७२ अनुसार भोगाधिकार प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ ।
तर, माडी क्षेत्रबाटैनिर्वाचित भएका विक्रम पाण्डे हालभूमिसुधार तथा व्यवस्था मन्त्री भएपनि फाइल मन्त्रालयमा विचाराधीन अवस्थामा छ । सरकारले २०७१ साल कार्तिक १६ गते माडीका चार गाविसलाई समेटेर माडी नगरपालिका घोषणा भएको थियो । नगरपालिका सञ्चालन भएयता हालसम्म संयुक्त वडा कार्यालयकै भरमा कार्यसम्पादन हुने गरेको माडी नगरपालिकाका सूचना अधिकारी सन्तोष सुवेदीले बताए ।
नगरपालिका को नयाँ भवन निर्माणको लागि जग्गा नाप नक्सा, भवन निर्माणको लागि माटो परिक्षण र भवनको डिजाइन,लागत स्टिमेट सबै काम पूरा भएको उनले बताए । साविकको गाविस भवनमार्फत अन्य तीन वटा संयुक्त वडा कार्यालयका रुपमा काम गरेका छन् । आजको आर्थिक दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्