
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – राष्ट्रिय एकता र बिखण्डनबीचको तिव्र ध्रुवीकरण बढिरहँदा पुष्पकमल दाहाल नेतृत्वको माओवादी, मधेसी मोर्चा र बाबुरामको नयाँ शक्तिबीच एकता गरी चुनावमा जाने तयारी सुरु भएको छ ।
यही भीडमा बाबुराम भट्टराई समेत थपिएका छन । उनीहरु आगामी दश वर्ष भित्रमा नेपाललाई एमालेमुक्त बनाउने अभियानमा लागेका छन ।
यो अभियानमा मधेसी मोर्चाहरु समेत सामेल छन । यसैको फलस्वरुप हो हिजो आइतबार बबरमहलमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलगायत नेता भेटेर भट्टराईले संविधान संशोधनमा सहमति जुटाउँदै सहकार्य गर्न आग्रह गरेका छन ।
मधेसी मोर्चा नेताहरूले भने आफ्नो दलभित्र परामर्श गरेर जवाफ दिने बताएका छन् । उनीहरुबीचको सहकार्य बारे छलफल गर्न माघ ६ गते गठबन्धनको बैठक बस्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा देखि गृहमन्त्री बिमलेन्द्र निधिसम्म आगामी दश वर्ष भित्र ‘एमालेमुक्त नेपाल’ बनाउने रणनीतिमा सक्रिय रहेको तथ्य फेला परेको छ । यही भीडमा मधेसी पार्टीहरुमात्र होइन नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई समेत सक्रिय रहेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्