- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६ हजार ६ सय ८० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ८१ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।