×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साझा बसले लामो दुरीमा गाडी भाडा २० रुपैयाँ घटायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साझा बसले लामो दुरीमा गाडी भाडा २० रुपैयाँ घटायो

Artha Sarokar

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ ।साझाले भोलि माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमाडौंबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा  २० प्रतिशत भाडा घटाएको हो ।
सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए।
उनका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौँदेखि वीरगन्जसम्म यसअघिको  ४ सय ९० रूपैयाँबाट घटाएर  ३ सय ९२ रूपैयाँ, भैरहवाको  ५ सय १० रूपैयाँबाट  ४ सय ८ रूपैयाँ र पोखराको  ३ सय ९०रूपैयाँबाट ३ सय १२ रूपैयाँ कायम गरिएको छ । साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा सेवा पुर्याउँदै आएको जनाएको छ ।
साथै साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौँदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ । साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी