×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च अदालतका न्यायाधीशको टुंगो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उच्च अदालतका न्यायाधीशको टुंगो लाग्यो

Artha Sarokar

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – लामो समयको रस्साकस्सीपछि उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको निवास बालुवाटारमा बसेको न्यायपरिषद्को बैठकले शुक्रबार बिहान उच्च अदालतका ८० न्यायाधीशको टुंगो लगाएको हो। 
 बैठकले कानुन, सरकारी वकिल र न्याय प्रशासनबाट ५, जिल्ला न्यायाधीशहरूबाट ३४, पुनरावेदन अदालतहरूबाट अवकाश पाएका अतिरिक्त न्यायाधीश १०, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ र कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो।
 बैठकमा प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक र परिषद्का सदस्य  पदम वैदिक सहभागी थिए। न्यायाधीशहरूको टुंगो लगाउन बिहीबार रातिदेखि नै बैठक बसेको हो।
बैठक न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौलाले बहिष्कार गरेका थिए भने वरिष्ठतम् न्यायाधीश बैजनाथ उपाध्यायले शुक्रवारदेखि अवकाश पाउने भएकाले उपस्थित हुन असमर्थ रहेको बताएका थिए। कुन समूहबाट कति जना ल्याउने भन्ने विषयमा सहमति नहुँदा यसअघि पटक पटक बसेको बैठकले न्यायाधीशहरूको नाम सिफारिस गर्न सकेको थिएन।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी