
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडामाथि घडी चोरेको आरोप लागेपछि पूर्वप्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्रवल गुरूङले घडीको बारेमा बिभिन्न अफवाह फैलिएको भन्दै एक विज्ञप्ति प्रकाशन गरेका छन्।
उनले घडी हराएको विषयमा सांसद खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुुर गुरुङले दिएको घडी आफूले लगाएको र २० गते हेल्थ क्लबमा हराएको बताएका छन् ।
त्यही दिन क्लबको चेन्जिङ रुपमा राखेको खतिवडाको ट्राकसुटमा पर्न गएको घडी उनले थाहा पाए लगतै आफू भारतमा रहेकाले साथी सिमान्तलाई खबर गरेको उनले बताएका छन् । घडी हराएको सम्बन्धमा जानकारी गराइ आफू कामले मुम्बै गएको र फर्किएर आँउदा यस विषयलार्इ अतिरञ्जित गरिएको पाएपछि बाध्य भएर विज्ञप्ती निकालेको बताएका छन् ।
यस घटनामा रामहरी खतिवडाको नाम जोडिएको र यसबाटा उनको सामाजिक प्रतिष्ठामा पर्न गएको असरप्रति दुःख व्यक्त गरेका छन् ।
यस्तो छ विज्ञप्ति

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्