
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – कपिलवस्तुको भृकुटी नगरपालिका– ७, बुडढीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । बुडढीमा रहेको झडुली माई नजिकै लु ८ प ४४३८ नम्बरको मोटरसाइकलमा रहेका २ व्यक्तिलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका– १५ का मक्सुदन अली र प्युठान बाड्डेसालका रबिन नेपाली रहेका छन् । उनीहरुको साथबाट ६ पुरिया ब्राउन सुगर पक्राउ गरिएको र दुवै जनालाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा राखिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी नायव निरीक्षक हरिसिंह धामीले बताए । पक्राउ परेका दुबै जनामाथि लागु औषध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्