×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्ने

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा पुनरावलोकन गर्ने निर्णय गरेको बैठकपछि सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।  कुन कुन पर्व वा समारोहमा बिदा दिने पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई भनेका छौँ कार्कीले भने ।
बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिएको हो । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको कार्कीले जानकारी दिए । 
ईशाइ धर्मावलम्बीको पर्व क्रिसमसमा अबेर गरी बिदा दिएको सरकारले पृथ्वी जयन्तिमा बिदा नदिएको भन्दै सार्वजनिक आलोचना भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी