Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद्को बैठक बिहान ११ बस्दै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – बुधबार मन्त्रीपरिषद्को बैठक बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोस्रो पटक दिएको स्पष्टीकरणबारे छलफल हुने एक मन्त्रीले बताएका छन्। पहिलो स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले ज्ञवालीलाई बिहीबार दोस्रो स्पष्टीकरण सोधेको थियो।
 ज्ञवालीले आइतबार सरकारलाई दोस्रो स्पष्टीकरण बुझाएका थिए। दोस्रो स्पष्टीकरण पनि चित्त नबुझेको भन्दै बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गर्न सक्ने ती मन्त्रीले जानकारी दिए। 
ओली सरकारले नियुक्त गरेका ज्ञवालीलाई हटाएर नेपाली काँग्रेस निकट डा। गोबिन्द पोखरेललाई नियुक्त गर्ने सरकारको तयारी छ। हरेक हप्ता बिहीबार मन्त्रीपरिषद्को नियमित बैठक बस्ने गरेपनि यसपटक बुधबार नै प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने बताइएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK