×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको शैक्षिक प्रमाणपत्र छानविन हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्रीको शैक्षिक प्रमाणपत्र छानविन हुने

२५ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारतको राष्ट्रिय सूचना आयोगले दिल्ली विश्वविद्यालयलाई सन् १९७८ को बी।ए। डिग्रीको तथ्यांक सार्वजनिक गर्न निर्देशन दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोही वर्ष उक्त विश्वविद्यालयबाट बी।ए।को डिग्री हासिल गरेको बताइन्छ ।
सूचना आयुक्त श्रीधर आचार्युलुले दिल्ली विश्वविद्यालयको केन्द्रीय जनसम्पर्क अधिकृत मीनाक्षी सहायको दलीललाई पनि खारेज गरेका छन् । मीनाक्षीले त्यस्तो विवरण उपलब्ध गराउँदा तेस्रो व्यक्तिको नीजि जानकारी सार्वजनिक हुने भन्दै तथ्यांक दिन यसअघि अस्वीकार गरेकी थिइन् ।
सूचना आयोगले विश्वविद्यालयलाई त्यस्तो तथ्यांक निःशुल्क उपलब्ध गराउन पनि निर्देशन गरेको छ । आम आदमी पार्टीले मोदीको शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठाउँदै आएको छ । तर कुनै विवरण सार्वजनिक नगरे पनि दिल्ली विश्वविद्यालयले मोदीको प्रमाणपत्र सही भएको जनाएको थियो ।
विश्वविद्यालयले तथ्यांक सार्वजनिक गरेपछि मोदीको शैक्षिक प्रमाणपत्र सक्कली हो या नक्कली भन्ने छानविन गर्न सहज हुने अधिकारकर्मीहरुको भनाइ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी