एजेन्सी – भारत प्रशासित कश्मिरको अखनूर जिल्लामा बन्दुकधारीको आक्रमणबाट भारतीय सेनाका तीन जवान मारिएका छन् । हमला पछी सेनाले पूरै इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेको छ ।
बटालामा सेनाका जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि गरिएको गोलीबारीमा तीन सैनिकको मृत्यु भएको हो । हमलाकर्ता भाग्न सफल भएको बीबीसीले बताएको छ ।
यसअघि सेप्टेम्बर महिनामा उरी भन्ने स्थानमा भएको चरमपन्थी आक्रमणमा १७ सैनिकको मृत्यु भएको थियो । यसैगरी अक्टुर महिनामा दक्षिणी इलाकाको शोपिया भन्ने स्थानमा चरमपन्थी आक्रमण हुँदा तीन जना घाइते भएका थिए ।