×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधनाीमा गुड्ने भयो रेल

LAXMI SUNRISE BANK
GLOBAL

राजधनाीमा गुड्ने भयो रेल

२५ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यसको ढाँचा अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य हिरेन्द्रमान श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो । 
आयोगको पूर्वाधार हेर्ने सदस्य श्रेष्ठको संयोजकत्वमा गठित समितिमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका अधिकारीहरू संलग्न हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ महाप्रसाद अधिकारीले बताए । उनका अनुसार समितिलाई तीन महिनाभित्र सार्वजनिक–निजी साझेदारी पीपीपी अवधारणामा मेट्रो रेल विकासको ढाँचासहितको प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । राजधानीले खबर लेखेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरियनसँगको सहयोगमा गरेको अध्ययनअनुसार उपत्यकाका पाँचवटा रुटमा मेट्रो रेल सञ्चालनको सम्भावना छ । सीईओ अधिकारीका अनुसार सातदोबाटोदेखि रत्नपार्क हुँदै नारायणगोपाल चोक, कीर्तिपुरदेखि कालीमाटी–नयाँ बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वरबाट चाबहिल–स्वयम्भू–कोटेश्वर, स्वयम्भूबाट डिल्लीबजार हुँदै बौद्ध र धोबीघाटदेखि सिंहदरबार–नक्साल हुँदै गोंगबु रुट पहिचान भएका छन् । यिनै कुराहरूलाई अधार मानी समितिले आवश्यक अध्ययन गर्नेछ ।
मेट्रो सञ्चालन गर्दा सरकारले के–कस्तो सहयोग गर्नुपर्ने र न्यूनतम कति रकम लगानी सरकारले गर्दा लगानीकर्ता यसतर्फ आकर्षित हुन्छन् भन्ने विषयमा समितिले अध्ययन गर्ने अधिकारीले बताए । समितिको अध्ययनपश्चात् टेन्डरको प्रक्रिया अघि बढाई निजी क्षेत्रलाई काम दिइने उनले बताए । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि धेरै पहिलादेखि नै आवाज उठेको भए पनि हालसम्म काम अगाडि बढ्न सकेको थिएन । यसको सम्भाव्यता अध्ययनका लागि समिति नै गटन भएपश्चात् अब यो कार्यले मूर्तरूप लिने आशा पलाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी