
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सभामुख ओनसरी घर्तीमगरले प्रमुख पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् । ६ दिनको स्थगनपछि आज आइतबार बस्न लागेको संसद बैठकअघि सभामुखले शीर्ष बैठक आह्वान गरेकी हुन् ।
अपरान्ह १ बजे प्रमुख पाँच दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक संसद भवनमा बस्दैछ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
परामर्श समितिको अघिल्लो बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्को बैठक अवरोध नहुने भन्दै २४ गतेसम्म समय मागेका थिए । उनकै आग्रहमा घर्तीले पुस २४ गतेसम्म बैठक स्थगन गरेपनि एमालेले संविधान संशोधन विधेयक अघि नबढाउन सरकारलाई आग्रह गरेपछि सदन अवरोध जारी रहने देखिएको छ ।
एमालेले लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन सम्बन्धी बिधेयक अघि बढाउन भने संसद खुलाउने जानकारी समेत गराएको छ । सरकारले भने एमालेको अवरोधका बीच संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्