Skip to content
LAXMI SUNRISE BANK

एमालेले जति बखेडा निकाले पनि संविधान संशोधन विधेयक पारित हुन्छ : देउवा

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन्।  शनिबार नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ अन्तर्गत कोसीपारीका ९ वटा गाउँ कार्य समितिले संयुक्त रुपमा गोठपानीमा आयोजना गरेको आमसभामा उनले एमाले लगायतका प्रतिपक्षी दलहरुमाथि अनावश्यक बखेडा निकालेर संसद् अवरुद्ध पारेको आरोप लगाए। 
उनले एमाले लगायतका प्रतिपक्षी दलले गरेको आन्दोलनले मधेस र पहाडलाई ध्रुविकरण गराएको आरोप लगाए। उनले संसद सुचारु भएपछि संविधान संशोधन प्रस्ताव, निर्वाचन सम्बन्धी प्रस्ताव र अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि सबे एकैसाथ अघि बढ्ने दाबी गरे।
मधेसी जनता कोहीभन्दा कम राष्ट्रवादी छैनन्, देउवाले भने, सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव मधेसी जनताको भावना अनुसार आएको हुँदा त्यसमा सबै एक भएर अघि बढ्छौ।
देउवाले संविधान संशोधन प्रस्ताव पारित भएपछि मधेसी र आदिवासी जनजातिका समस्या समाधान हुने बताए।् एक अर्का प्रसङ्‍गमा उनले कोसीपारीको सडक धेरै समय धुलाम्मे नहुने आश्वासन दिए। उनले भने  म प्रतिवद्धता जाहेर गर्दछु यो सडक चाँडै कालोपत्रे हुन्छ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK