×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार पहिलो निर्यात दिवस मनाइँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शुक्रबार पहिलो निर्यात दिवस मनाइँदै

Artha Sarokar

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – निजी क्षेत्रको पहलमा नेपालमा शुक्रबार पहिलो पटक निर्यात दिवस मनाइँंदैछ। नेपाल हस्तकला महासंघको सहआयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र वस्तुगत संघको सहकार्यमा नेपाल निर्यात परिषद्ले दिवस मनाउन लागेको हो।  
निर्यात प्रवर्धनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने, सरकारलाई दबाब दिन र निर्यातका विषयमा बहस गराउने उद्देश्यले निर्यात परिषद्को स्थापना भएको दिन पुस २२ को अवसरमा पारेर शुक्रबार निर्यात दिवस मनाउन लागिएको हो।  निर्यात दिवसका अवसरमा बिहान ठमेलबाट प्रभातफेरि र्‍याली निकालिएको छ। 
 दिउँसो साढे २ बजे मल्ल होटलमा दिवसको मूल कार्यक्रम हुने छ। निर्यात प्रवर्धनमा सरकारले खासै चासो नदिएकाले निजी क्षेत्रले नै अग्रसरता देखाएको उद्योग वाणिज्य महासंघले जनाएको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी