×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हासोको पात्र बनिन हिसिला यमी

LAXMI SUNRISE BANK
GLOBAL

हासोको पात्र बनिन हिसिला यमी

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – आयोजकले अतिथीको रुपमा मञ्चमा आमन्त्रित गरेको प्रमुख अतिथी नै जब कार्यक्रम स्थलमा निदाँउछ तब आयोजक र त्यहाँ सहभागी दर्शकको हृदयमा ति अतिथी प्रति कस्तो भाव पैदा हुन्छ होला निश्चय नै तिनलाई आयोजक र दर्शक,स्रोतालाई हाँसोको पात्र बनाँउछन र उडाँउछन । हो,हङकङमा यस्तै हाँसोको पात्र बनेकी छिन नयाँ शक्ति नेपालको संयोजक डा बाबुराम भट्टराईको जीवन संगिनी ।
पूर्व पर्यटनमन्त्री हिसिला यमीले बेला बेलामा रमाइलो गाइजात्रा देखाउछिन । यस्तै गाइजात्रा देखाएकी छिन हङकङमा भएको एउटा कार्यक्रममा ।लाखौं रकम खर्चेर आयोजकले विदेशी भूमीमा कार्यक्रमको अतिथीको रुपमा आमन्त्रित गरेको हिसिला यमी मञ्चमै पुगेर निदाए पछि आलोचनाको पात्र बनेकी छिन ।
अतिथीको हैसियतले त्यहाँ पुगेकी हिसिया यमीले मञ्चमा १५ मिनेट बस्दा कहिले नङ काटेर त्यहाँ हासोको पात्र बनिन भने कहिले कार्यक्रम स्थलमा झुपु झुपु निदाएर बसेको दृश्य सार्वजानिक भएको छ ।कार्यक्रमस्थलमा जब अतिथी नै मञ्चमा बसेर नङ काट्नमा व्यस्त रहन्छन भने आयोजक तथा दर्शकको मनमा हिसिला यमी प्रति कुन प्रकारको श्रद्धा पैदा होला ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी