
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विषयमा छलफल गर्न बिहीवार सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने विषयमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्।
संशोधनका पक्षमा दुई तिहाइ पुर्याउन सहयोग गर्ने निर्णय गरेको मोर्चाले आगामी संसद बैठकमै प्रस्ताव पेश गर्न बैठकमा सरकारलाई दबाब दिने भएको छ । सत्तारुढ दलहरूलाई मोर्चा र गठबन्धनले गरेका निर्णयबारे पनि औपचारिक जानकारी गराउने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
मोर्चा र संघीय गठबन्धनको हिजो छुट्टाछुट्टै बसेको बैठकले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्नुपर्ने निर्णय गरेको थियो । सर्वोच्चको आदेशपछि विपक्षी दलहरुले संसदको अवरोध हटाउने संकेत गरेपछि मोर्चाले सरकारलाई दबाब दिन लागेको हो। व्यवस्थापिका संसदको बैठक आगामी आइतबारका लागि बोलाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्